Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • राजनीतिक दल चुनाव लक्षित नभइ पुस्ता लक्षित हुनुपर्छ : रवि लामिछाने

    राजनीतिक दल चुनाव लक्षित नभइ पुस्ता लक्षित हुनुपर्छ : रवि लामिछाने

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 672
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दल चुनावमा लक्षित हुनु नहुने बताएका छन् ।

    सोमबारबाट सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।



    उनले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभइ एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताए । राजनीतिक दलका विचार, अभिव्यक्तिहरु स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरु पनि परेको बताए ।



    यो परिवर्तनमा सारा जीवन बिताएका नेताहरुप्रति कहिले कहीँ विषय केन्द्रित कटाक्ष गरे पनि मुलुकको परिवर्तनमा उनीहरुले दिएको योगदानलाई अवमूल्यन गर्ने आँट, शाहस र योजना नरहेको बताए ।

    परिवर्तनलाई अवमूल्यन गर्ने ध्येय आफूहरुको नरहेको पनि बताए । सभापति लामिछानेले रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको बताए ।

    पुराना राजनीतिक दलहरुमा अझै पनि राणा शासन कायम रहेको भन्दै उनले देशले व्यवस्था बदलेको भए पनि राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र नहुँदा समस्या आएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार