एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा बल र आतङ्ककारीहरूबीच भीडन्त भएको छ ।
शनिबार भएको सो भीडन्तमा कम्तीमा ६ जना आतङ्ककारी र एकजना सैनिकको मृत्यु भएको हो ।
मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन (आईएसपीआर)ले जिल्लाको मिर अली क्षेत्रमा गुप्तचरको सूचनाको आधारमा सुरक्षा बलले कारबाही गरेको थियो ।
कारबाहीका क्रममा आफ्नै सेना र आतङ्ककारीहरू बीच तीव्र रूपमा गोली हानाहान हुँदा ६ जना आतङ्ककारी मारिएका छन् भने, आठजना आतआङ्ककारी घाइते भएका छन् ।
Leave a Reply