काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलको युद्धमा वेपत्ता रहेका नेपाली विद्यार्थी विपीन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय कूटनीतिक नियोगहरुलाई आग्रह गरेका छन् ।
परराष्ट्रमन्त्री साउदले वेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोग एवं मिसनहरूसँग आग्रह गरेका हुन् ।
परराष्ट्रमन्त्री साउदले भने, ‘विपीनसहितका नेपाली विद्यार्थीहरू बंकरमा लुकेर बसेको बेलामा आक्रमणकारीले छोटो समयमा पटकपटक आक्रमण गरेको देखिन्छ । पहिले गोली चलाएको र त्यसपछि ग्रिनेड फालेको देखिन्छ । प्रत्यक्षदर्शी विद्यार्थीले भनेअनुसार दुईवटा ग्रिनेड फाल्दा एउटा नपड्किदै विपीनजीले एउटा ग्रिनेट बाहिर फ्याँकेको देखिन्छ ।’
परराष्ट्रमन्त्री साउदले प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएअनुसार विपीन आक्रमणकारी हमास समूहको कब्जामा रहेको हुनसक्ने बताए ।
प्रत्यक्षदर्शी विद्यार्थीले देखेअनुसार त्यसपछि केही थाइल्यान्डका विद्यार्थीसँग विपीनलाई पनि अपहरण गरेको लगेको जानकारी आएको उनले बताए ।
Leave a Reply