Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • एमाले कहिल्यै सत्तामा फर्किन पाउँदिन कि भनेर विक्षिप्त छ : प्रधानमन्त्री प्रचण्ड

    एमाले कहिल्यै सत्तामा फर्किन पाउँदिन कि भनेर विक्षिप्त छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 798
    SHARES

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले सत्तामा फर्किन नपाउँदा कि भनेर विक्षिप्त भएको आरोप लगाएका छन् ।

    चितवनको भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले कोशीको घटनाक्रमलाई जोड्दै एमालेमाथि उनी खनिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले राम्रो काम गरेकोले त्यसलाई देख्न नसक्नेहरु गठबन्धन भित्र खेल्ने प्रयास स्वरुप कोशीमा राजनीतिक घटनाक्रमहरु विकसित भएको टिप्पणी गरे।



    प्रधानमन्त्री प्रचण्डले भने,‘कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य तपाईंहरुले पनि देख्नुभयो होला। यही गठबन्धनले राम्रो गरेको सहन नसकेर एकथरी मान्छे यहाँभित्र खेल्न सकिन्छ कि भनेर, विभाजन ल्याउन सकिन्छ भन्ने योजना अन्तर्गत ती कामहरु थिए।’

    प्रधानमन्त्री प्रचण्डले उक्त षडयन्त्रहरुलाई निस्तेज पारेको पनि उल्लेख गरेका छन्। कांग्रेसका शेखर पक्षका ८ सांसदले एमालेसँग मिलेर मुख्यमन्त्री भएपछि प्रचण्डले एमालेप्रति लक्षित गर्दै अभिव्यक्ति दिए ।

    तर एमालेले गठबन्धन विभाजन गर्न खेलेको षड्यन्त्र असफल पारेको दाबी गरे । गठबन्धन सरकार नै पूर्ण कार्यकाल रहने उनले दाबी गरे ।

    सरकारले सुशासन र आर्थिक समृद्धिको पक्षमा राम्रो काम गरेको एमालेलाई मन नपरेकाले के गरी गठबन्धन कमजोर पार्ने, के गरी यो गठबन्धन उल्टाउने भन्ने योजनामा लागेको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार