काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान नहुने बताएका छन् ।
मोरोक्कोको माराकेशमा सम्पन्न विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी भइ स्वदेश फर्किएका अर्थतन्त्री महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले अर्थतन्त्रमा लामो समयदेखि देखिएको समस्या पूर्ववत अवस्थामा फर्काउन पनि केहि समय लाग्ने बताए। अहिले मुलुकको अर्थतन्त्रमा सुधारको संकेत सुरु भइसकेको अर्थमन्त्री महतको भनाई छ ।
अर्थमन्त्री महतले मारोक्कोको वार्षिक बैठकहरुको साइडलाइनमा सहभागीबीच सामूहिक तथा द्विपक्षीय हितका विषयमा छलफल तथा अन्तर्राष्ट्रिय समुदायसँगको सञ्जालमा जोडिने अवसर समेत प्राप्त भएको बताए।
वित्तीय सुशासन,पारदर्शिता तथा नेपाली सन्दर्भ र परिवेश अनुसारको सुधार आवश्यकका विषयमा पनि परिचर्चा भएको अर्थमन्त्री महतले बताए। अर्थमन्त्री विश्व बैंकको र राष्ट्र बैकका गभर्नर आइएमएफको पदेन गभर्नर रहने व्यवस्था छ ।
त्यसैगरी,अर्थ सचिव विश्वबैंकको वैकल्पिक गभर्नर तथा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव आइएमएफको वैकल्पिक गभर्नर रहने व्यवस्था छ ।
Leave a Reply