Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • एसीसी यू-१९ प्रिमियर कपमा बहराइनमाथि नेपालको सहज जित

    एसीसी यू-१९ प्रिमियर कपमा बहराइनमाथि नेपालको सहज जित

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 933
    SHARES

    काठमाडौं। एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

    नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको हो।



    मलेसियामा जारी प्रतियोगितामा बहराइनले टस जिती पहिले ब्याटिङ गर्दै ३७.५ ओभरमा अलआउट हुनुअघि ७७ रनमात्र बनाउन सक्यो ।



    बहराइनलाई ७७ रनमा समेटेको नेपालले ११.४ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । अविजित रहँदै देव खनाल र अर्जुन कुमालले समान ३२ रन बनाए ।

    नेपालले अब समूहको तेस्रो तथा अन्तिम खेलमा साउदी अरबसँग प्रतिस्पर्धा गर्ने छ । समूहको विजेता सेमिफाइनल पुग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार