Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्यमन्त्री कार्कीलाई देउवाको आग्रह - सत्ता गठबन्धनको भावनाअनुसार अगाडि बढ्नू

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनको भावनाअनुसार अगाडि बढ्न आग्रह गरेका छन् ।

सभापति देउवा भेट्न धुम्बाराही पुगेका मुख्यमन्त्री कार्कीलाई यस्तो आग्रह गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएपछि कार्की हिजो काठमाडौं आएका थिए ।

सभापति देउवाले मुख्यमन्त्री कार्कीलाई गठबन्धनको स्प्रीड अनुसार अगाडि बढ्न आग्रह गरेका थिए । मुख्यमन्त्री कार्कीले पनि गठबन्धनको मर्मलाई आत्मासाथ गरेर अगाडि बढ्ने जवाफ दिएको भानुको भनाइ छ ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभापति देउवा र नेता शेखर कोइरालाबीच गठबन्धनलाई कायम राख्ने सहमति भएको थियो ।

गठबन्धनको निर्णयविरुद्ध भएका कोइराला पक्षीय कार्कीेले एमालेको समर्थनमा मख्यमन्त्री बनेका थिए ।

प्रधानमन्त्री प्रचण्ड, देउवा र कोइरालाबीच भएको सहमतिअनुसार कार्कीलाई गठबन्धनले पनि विश्वासको मत दिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077