Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • एसीसी यू–१९ प्रमियर कप :

    नेपालको धारिलो बलिङसामु निरीह बन्यो बहराइन, ७७ रनमा अलआउट

    नेपालको धारिलो बलिङसामु निरीह बन्यो बहराइन, ७७ रनमा अलआउट

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 945
    SHARES

    काठमाडौं । एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार बहराइनबाट ७८ रनको लक्ष्य पाएको छ ।

    मलेसियामा जारी प्रतियोगितामा बहराइनले टस जिती पहिले ब्याटिङ गर्दै ३७.५ ओभरमा अलआउट हुनुअघि ७७ रनमात्र बनाएको हो ।



    नेपालका लागि दिपेश कँडेलले ६ र दुर्गेश गुप्ताले चार विकेट लिए । ९ दशमलव ५ ओभर बलिङ गरेका दिपेशले मात्र ४ रन खर्चिए । ८ ओभर बलिङ गरेका दुर्गेशले २२ रन दिए ।



    बहराइनका मुहममद बसिल अब्दुल हक्कीमले ३४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन । नेपालले १७ रन एक्स्ट्रा दिएको थियो ।

    प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । शीर्ष ३ टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्न पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार