Online Nepal
  • आइतबार, २० असोज २०८१
  • आजदेखि नारायणघाट–काठमाडौं सडकमा मालवाहक गाडी चलाउन रोक

    आजदेखि नारायणघाट–काठमाडौं सडकमा मालवाहक गाडी चलाउन रोक

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आजदेखि कात्तिक ८ गतेसम्म नारायणघाट–काठमाडौं सडकमा ट्रक, ट्रेलर लगायतका ठूला मालवाहक गाडी चलाउन रोक लगाइएको छ ।

    यातायात व्यवस्था विभागले दशैँको बेला यो रुटमा बढ्ने गाडीको चापलाई मध्यनजर गर्दै ठूला गाडी चलाउन रोक लगाएको हो । विभागका अनुसार आजदेखि कात्तिक ८ गतेसम्म यो सडकमा ट्रक, ट्रेलर लगायतका ठूला गाडी चलाउन पाइने छैन ।



    खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने गाडीलाई भने नरोकिने विभागले जनाएको छ । दशैँमा काठमाण्डौबाट बाहिर जाने यात्रुलाई सहज होस् भनेर यस्तो निर्णय गरिएको हो ।



    ठूला गाडीले बाटो जाम बनाउने भएकाले दशैँका यात्रुलाई गन्तव्यसम्म पुग्न समस्या हुने भन्दै यस्ता गाडीलाई रोक लगाइएको विभागको भनाइ छ ।  यसअघि यातायात व्यवस्था विभागले अस्ति शुक्रवारदेखि सार्वजनिक सार्वजनिक गाडीलाई रुट परमिट खुला गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार