Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • आज शपथ लिँदै कोशीका मुख्यमन्त्री कार्की

    आज शपथ लिँदै कोशीका मुख्यमन्त्री कार्की

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 759
    SHARES

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई आज पद तथा गोपनीयताको शपथ गराउन लागेका हुन् ।

    कार्कीलाई शनिबार प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।



    नेपाली कांग्रेसका आठ र नेकपा एमालेका ३९ सांसद परिचयपत्रसहित भेला भएर सनाखत गरेपछि कार्कीका पक्षमा बहुमत पुगेको थियो ।



    गठबन्धन दलको बुधबारको बैठकले कोशी को मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार