Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • एकदिवसीय विश्वकप : भारतविरुद्धको खेलमा पाकिस्तान १९१ रनमा अलआउट

    एकदिवसीय विश्वकप : भारतविरुद्धको खेलमा पाकिस्तान १९१ रनमा अलआउट

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 615
    SHARES

    काठमाडौं । एकदिवसीय विश्वकप अन्तर्गत भारतविरुद्धको खेलमा पाकिस्तान अलआउट भएको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको हो ।



    मध्यक्रमका ब्याट्सम्यानको नाटकीय पतन हुँदा पाकिस्तानले भारतसामु जीतका लागि १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रन बनाए ।



    उनलाई मोहम्मद रिजवानले ४९ रन बनाउँदै राम्रो साथ दिए । कुनै समय २ विकेट गुमाएर १५५ रन बनाएर पाकिस्तान मजबुत स्थितिमा रहेको थियो । तर, कप्तान बाबर आउट भएपछि पाकिस्तानको पतन सुरु भयो ।

    त्यसपछिका ब्याट्सम्यानमा हसन अलीले १२ रन बनाउनबाहेक अन्यले ठुलो यागेदान दिन सकेनन् । यसअघि ओपनर अब्दुल्लाह सफिकले २० तथा इमाम उल हकले ३६ रन बनाएका थिए ।

    भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, कुलदीप यादव र रवीन्द्र जडेजाले २–२ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार