Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले महासचिव पोखरेलले भने - कोशी सरकार भत्काउन सत्ता गठबन्धन दाउपेच गर्दैछ

सिन्धुली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले कोशी प्रदेश सरकार भत्काउने प्रपञ्च गरिरहेको आरोप लगाएका छन्।

प्रेस चौतारी सिन्धुलीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । महासचिव पोखरेलले कोशीका मुख्यमन्त्री केदार कार्की इमानदार ढंगले अघि बढेसम्म एमालेले साथ दिने बताए।

महासचिव पोखरेलले भने,‘अहिलेको गठबन्धन असफल भएको परिप्रेक्षमा कोशीले एउटा उदाहरण दिनुपर्छ भन्ने कुरा हाम्रो रहेको छ। यद्यपि सत्ता गठबन्धन सरकार भत्काउने दाउपेचपूर्ण राजनीतिमा जान खोजेको छ। जसको जगमा सरकार निर्माण भएको छ त्यसलाई भत्काउने प्रपञ्च सुरु भइसकेको छ। मुख्यमन्त्री कार्की इमानदारितापूर्वक अगाडि बढेसम्म हाम्रो साथ रहन्छ।’

कोशीमा सरकार विहीन हुन नदिन कांग्रेस नेतालाई समर्थन गरेको महासचिव पोखरेलले बताए। आजको संवैधानिक व्याख्याको परिस्थितिको रूपमा अहिलेको सरकार बनेको महासचिव पोखरेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077