Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • बेलायतबाट आईजीपी कुँवर स्वदेश फिर्ता

    बेलायतबाट आईजीपी कुँवर स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 915
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर स्वदेश फिर्ता भएका छन् ।

    बेलायतमा आयोजना भएको ‘सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम’मा सहभागी भएर आईजीपी कुँवर आज स्वदेश फिर्ता भएका हुन् ।



    आईजीपी कुँवरसहितको चार सदस्यीय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गरेका छन् ।



    कार्यक्रम अवधिमा आईजीपी कुँवर र नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरुले मेट्रोपोलिटन पुलिस न्यू स्कटलैण्ड यार्डका डेपुटी एसिस्टेन्ट कमिस्नर वार्ड, एफसिडिओ कार्यालयका स्टफेन ओटर, यूएनओपिएस कन्सल्टेन्ट सिसीलिया डन्सटर, नेशनल क्राइम एजेन्सीका विल विल्सन, कलेज अफ पुलिसीङका फाइनान्स एण्ड कमर्सियल प्रमुख डोमिनिट फिनिगनलगायतसँग भेटघाट र छलफल गरेका थिए ।

    भेटघाटका अवसरमा आपसी समन्वय, हित तथा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल समेत भएको थियो । साथै ग्रीनबीच पुलिस बरो कमाण्ड पुलिस स्टेसनको समेत अवलोकन र अध्ययन भ्रमण गर्नुभएको थियो ।

    बेलायत भ्रमणको क्रममा नेपाली राजदुताबास लण्डनका राजदुत ज्ञानचन्द्र आचार्य र आईजीपी कुँवरको टोलीबीच नेपाली राजदुतावास लण्डनमा भेटवार्ता भएको थियो । भेटघाटका क्रममा नेपाली राजदुतावासमा कार्यरत कर्मचारी, नेपाल प्रहरीबाट बेलायतमा अध्ययनरत प्रहरी कर्मचारी, बेलायतमा रहेका पूर्व प्रहरी कर्मचारीहरू लगायतको उपस्थिति थियो ।

    बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दान बहादुर कार्की र शेखर खनाल असोज २० गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार