Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • गठबन्धन जोगाउन मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन्छौं : प्रधानमन्त्री प्रचण्ड

    गठबन्धन जोगाउन मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन्छौं : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 798
    SHARES

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताएका छन्।

    एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसका सांसद कार्कीलाई वर्तमान केन्द्रिय सत्ता गठबन्धनले पनि विश्वासको मत दिने दाबी गरेका हुन्।



    प्रधानमन्त्री प्रचण्डले भने,‘अहिले कार्कीजी मुख्यमन्त्री बन्नुभएको छ। अब उहाँ हामी सबैको पनि मुख्यमन्त्री हुनुभयो। त्यसकारण त्यो समस्या जसरी सोचिएको र मिडियामा जसरी चर्चा परिचर्चा भएको छ, अब सेफ ल्यान्डिङ गरिएको छ।’



    उनले कोशीमा गठबन्धन कै सरकार हुने र सर्वपक्षीय सरकारको सम्भावना नभएको दाबी गरे। उनले रिफ्रेसका लागि आफू चितवन आएको बताए। प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच कोशी प्रदेश सरकार सन्दर्भमा छलफल भएको थियो।

    उनले भने,‘बिहानमात्रै कांग्रेस सभापति शेरबहादुरजी, म आफैं र शेखरबीचमा एउटा समझदारी बनाएका छौं। हामी गठबन्धनलाई बलियो बनाउनेमा दृढ र स्पष्ट छौं। कुनै पनि हालतमा गठबन्धनलाई कमजोर बनाउन दिइनेछैन।’

    कोशी प्रदेशमा गठबन्धनकै नेतृत्वमा सरकार बनेको हुँदा पनि आफूहरूले विश्वासको मत दिने उनले बताए। यस्तै त्यहाँ सर्वपक्षीय सरकार बनाउन असम्भव नभएपनि अहिलेलाई सम्भावना नभएको उनको भनाइ थियो।

    गठबन्धनको केन्द्रीय नेतृत्वको सहमति विपरीत कोशीमा कांग्रेसका शेखर कोइरालापक्षका केदार कार्की शनिबार बिहान मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई नेकपा एमालेका ३९ र शेखर पक्षका ८ सांसदको समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार