काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका चालकलाई उपचारका लागि काठमाडौँ ल्याइँदै छ ।
पाइटल पिके सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला हुँदै काठमाडौको ह्याम्स हस्पिटल ल्याउन लागेको हो ।
बिरामीको उद्धारका लागि आज बिहान लुक्लाबाट लोबुचे गएको मनाङ एयरको ९एन–एएनजे कलसाइन भएको हेलिकप्टर अवतरणका क्रममा पल्टिएको थियो ।
हेलिकोप्टर सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा दुर्घटनामा परेको हो । पाइटल सेढाइको अवस्था गम्भीर रहेको बताइएको छ ।
Leave a Reply