Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • इजरायलबाट उद्धार गर्नेमा नेपाल अग्रपंक्तिमा

    इजरायलबाट उद्धार गर्नेमा नेपाल अग्रपंक्तिमा

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 606
    SHARES

    काठमाडौं । विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिरहेका बेला नेपालले भने जनताको मन जित्नेगरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ ।

    जर्मनी, बेलायत, फ्रान्स, सिंगापुर, फिलिपिन्सलगायतका मुलुकले ठोस निर्णय गर्न नसकेकै बेला नेपालले पहिलो लट उद्धार गरेको हो ।



    सिधा हवाई सेवा भएका मुलुक पनि कूटनीतिक तवरले उद्धार गर्न ढिला भइरहेकामा नेपाल वायु सेवा निगममार्फत सरकारले दुबई हुँदै इजरायल पुगेर उद्धार गरेर शुक्रबार बिहान ३ बजे काठमाडौं ल्याइपुर्‍याएको हो ।



    बिहीबार इजरायलको तेलअभिभबाट नेपाली लिएर उडेको नेपाल एयरलाइन्सको विमान बिहान ३ बजे त्रिभुवन विमानस्थल अवतरण गरेको हो । नेपालीलाई उद्धार गर्नका लागि परराष्ट्रमन्त्री एनपी साउद तेलअभिभ पुगेका थिए । विमानस्थलमा आइपुगेपछि उद्धार भएर आएका र आफन्तले सरकारको खुलेर प्रशंसा गरे ।

    सधैजसो सरकारलाई गाली गरेका पोस्टबाट भरिने सामाजिक सञ्जाल बिहीबारदेखि नै प्रशंसाका पोस्टले भरिन थालेका थिए । परराष्ट्रमन्त्री एनपी साउद विमानमा नमस्कार गर्दै आइरहेको तस्बिर सबैभन्दा बढी सेयर भयो ।

    शुक्रबार बिहान विमानस्थलमा हर्ष र खुसीका आँसु निरन्तर बगिरहेका थिए । प्यालेस्टाइनको हमास समूहले इजरायलमाथि आक्रमण गरेपछि सरकारले त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश ल्याउन बिहीबार नेपाल एयरलाइन्सको जहाज पठाएको थियो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार