Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक, कोशी सरकारबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बोलाएका छन् ।

कोशी प्रदेशमा नेता डा शेखर कोइराला पक्षले विद्रोह गरेपछि सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन्।

कोशीमा विकसित राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुनेछ। आज अपराह्न ३ बजे धुम्बाराहीका कार्यसम्पादन समिति बैठक बस्ने तय भएको छ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ। केन्द्रीय समिति बैठक तत्काल बस्न नसक्ने अवस्थामा कांग्रेसले कार्यसम्पादन समिति बैठक बसेर आवश्यक निर्णय लिनेछ।

गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि शेखरनिकटका केदार कार्कीले कांग्रेसका ८ सांसदसहित एमालेसँगको समीकरणमा मुख्यमन्त्री दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077