Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • रक्षामन्त्री खड्काले भने – विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको छ

    रक्षामन्त्री खड्काले भने – विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको छ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 597
    SHARES

    सुर्खेत। उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन् ।

    सुर्खेतको वीरेन्द्रनगरमा जारी नेपाल राष्ट्रिय मगर संघको दोस्रो कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै रक्षामन्त्री खड्काले यस्तो बताएका हुन् ।



    रक्षामन्त्री खड्काले देश विविध कारणले अप्ठ्यारोमा परेको बताए ।



    रक्षामन्त्री खड्काले भने,‘संविधानलाई विभिन्न बहानामा हल्लाउने कोशिस भइरहेको छ, त्यसप्रति सजग हुन आवश्यक छ । संविधानलाई भड्काउने कोशिस भएको संकेत देखिएकाले यसमा कांग्रेस जिम्मेवार बन्नु पर्दछ ।’

    रक्षामन्त्री खड्काले पद प्राप्त पछिको घमण्ड र अहंकारका कारणले कांग्रेसप्रति जनताको गुनासो बढेको बताए ।

    त्यसैले प्रत्येक नेता कार्यकर्ताको व्यवहार र बोलीवचनमा सुधार गर्न आवश्यक उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार