Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • दसैँको छुट बजार : छुटका नाममा लुट धेरै

    दसैँको छुट बजार : छुटका नाममा लुट धेरै

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 780
    SHARES

    काठमाडौं । दसैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पल लगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ताचप्पललगायतका सामानको कारोबार धेरै हुन्छ ।

    सडकपेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दसैँलाई लक्षित गरेर खानेकुरादेखि कपडा, जुत्ताचप्पललगायतका सामान १०० प्रतिशतसम्म छुट भन्दै बिक्रीका लागि राखिएका छन् । छुट भनिएका बजारमा किन्ने उपभोक्ताको त्यत्तिकै भिड छ । दसैँ पर्व हुनेखानेको मात्रै नभएर हुँदा खानेको पनि भएकाले सबै वर्गका नागरिकको बजारमा भिड लाग्छ ।



    लत्ताकपडा र जुत्ताचप्पल लगायतका सामान बिक्री गर्ने व्यापारी चाडपर्वमा सबै वर्गका व्यक्तिले आफ्ना परिवार वा छोराछोरीका लागि नयाँ कपडा र जुत्ता किन्ने चलन पहिलेदेखि नै भएकाले त्यस्ता वर्गलाई केही राहत पुगोस् भनेर छुटको व्यवस्था गरेको दाबी गर्छन् ।



    असन चोकको कुर्र्ता, टप्स, सारी पसलमा काम गर्ने एक कर्मचारीले नाम नभन्ने सर्तमा भने, “दसैँअगाडि एक हजारमा बिक्री गर्दै आएको कुर्ता अहिले प्रतिपिस आठ सय रुपियाँ बढाई एक हजार आठ सय रुपियाँ पु¥याएर प्रतिपिस २० प्रतिशत छुट भनिएको छ । यो मात्रै होइन, सारी, टप्स र वान पिस पनि त्यस्तै छ ।”

    “बालबालिकाका कपडामा त अझ पहिलेभन्दा दोब्बरभन्दा बढी मूल्य वृद्धि गरिएको छ । ती सामान ‘फिक्स’ मूल्य भनेर सेलमा राखिएको छ, उपभोक्ता भने सेल भनेपछि फ्री पाए जस्तै गरी भिड लागेर पानी पिउन पनि पाइँदैन,” उनले थपे ।

    यस्तै कालीमाटी रोडमा जुत्ताचप्पल पसलमा काम गर्ने विनोद न्यौपानेले सकेसम्म सेल भनेर बिक्रीमा राखेको पसलमा सामान नकिन्न सल्लाह दिए । उनले भने, “सेल भनेका ठाउँमा धेरै ठुलो खेल हुन्छ । त्यसमा उपभोक्ता सचेत हुनु पर्छ कि गुणस्तरमा समस्या हुन्छ, मूल्यमा गडबड, त्यसैले सकेसम्म त्यस्तोमा सचेत हुनु पर्छ ।” गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार