Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • प्रहरीको पेट्रोल पम्पमा भ्रष्टाचार : असईलाई ६ वर्ष कैद, बिगो र जरिवाना सवा करोड !

    प्रहरीको पेट्रोल पम्पमा भ्रष्टाचार : असईलाई ६ वर्ष कैद, बिगो र जरिवाना सवा करोड !

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 2.4K
    SHARES

    काठमाडौं । विशेष अदालतले नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा भ्रष्टाचार गर्ने प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई ६ वर्ष कैद र ६० लाख ७५ हजार जरिवाना सुनाएको छ ।

    बिहीबार विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासबाट यस्तो फैसला आएको हो ।



    आदेश अनुसार कार्कीलाई ६० लाख ७५ हजार रुपैयाँभन्दा बढी जरिवाना र उति नै रकम बिगो असुलउपर हुने उल्लेख छ ।



    प्रहरी कल्याण कोषबाट सञ्चालित पेट्रोल पम्पमा रहँदा कार्कीले एक करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो ।

    असइ कार्कीले इन्धन भराउन आएका ग्राहकले दिएको रकमलाई गलत प्रविष्टि गरी भ्रष्टाचार गर्ने गरेको पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार