Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • फिफा विश्वकप छनोट : लाओससँग नेपालको बराबरी, अञ्जनको कीर्तिमानी गोल

    फिफा विश्वकप छनोट : लाओससँग नेपालको बराबरी, अञ्जनको कीर्तिमानी गोल

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणमा नेपालले लाओससँग १–१ को बराबरी खेलेको छ । बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले लाओससँग १–१ गोलको बराबरी गरेको हो ।

    खेलमा लाओसले शुरुवाती अग्रता लिएको थियो । उसका लागि खेलको ३३ औँ मिनेटमा कप्तान बौनफाचन बौनकोङले गोल गरे । पहिलो हाफमा लाओस १–० ले अघि रह्यो ।



    खेलको दोस्रो हाफको ४९ मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालका लागि अञ्जन विष्टले गोल गरे ।



    यो गोलसँगै अञ्जनले नेपालबाट अन्तर्राष्ट्रिय गोलमा कीर्तिमान बराबरी गरेका छन् । अब छनोटको दोस्रो लेगका लागि नेपाली टिम लाओस जाने छ । छनोटको दोस्रो लेग असोज ३० गते हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार