Online Nepal
  • बिहिबार, ७ चैत्र २०८१
  • इजरायलबाट नेपाली बोकेको विमान राति साढे १ बजे आइपुग्ने

    इजरायलबाट नेपाली बोकेको विमान राति साढे १ बजे आइपुग्ने

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 999
    SHARES

    ​काठमाडौं । इजरायलमा रहेका नेपाली नागरिकलाई लिन गएको नेपाल एयरलाइन्सको विमान आज राति १ः३० बजे काठमाडौं आइपुग्ने भएको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार विमान दुई सय ५४ नेपाली नागरिक लिएर इजरायलबाट काठमाडौंका लागि उडिसकेको हो । नेपाली नागरिकको उद्धारका लागि विमान आज बिहान ३ः३० बजे दुबई हुँदै त्यसतर्फ प्रस्थान गरेको थियो ।



    उद्धारका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद विमानमा आफैं इजरायल गएको थिए । इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली ल्याउनका लागि नेपाल एयरलाइन्सको दुई सय ७४ सिट क्षमता भएको वाइडबडी विमान इजरायल गएको हो ।

    शनिवार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए । एक जना नेपालीको अवस्था अझै अज्ञात छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार