Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलबाट नेपाली बोकेको विमान राति साढे १ बजे आइपुग्ने

​काठमाडौं । इजरायलमा रहेका नेपाली नागरिकलाई लिन गएको नेपाल एयरलाइन्सको विमान आज राति १ः३० बजे काठमाडौं आइपुग्ने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार विमान दुई सय ५४ नेपाली नागरिक लिएर इजरायलबाट काठमाडौंका लागि उडिसकेको हो । नेपाली नागरिकको उद्धारका लागि विमान आज बिहान ३ः३० बजे दुबई हुँदै त्यसतर्फ प्रस्थान गरेको थियो ।

उद्धारका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद विमानमा आफैं इजरायल गएको थिए । इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली ल्याउनका लागि नेपाल एयरलाइन्सको दुई सय ७४ सिट क्षमता भएको वाइडबडी विमान इजरायल गएको हो ।

शनिवार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए । एक जना नेपालीको अवस्था अझै अज्ञात छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077