Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी विदेशमन्त्री ब्लिङ्केन पुगे इजरायल

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्केन इजरायलको तेल अविव आइपुगेका छन् ।

गत शनिवार हमासले आक्रमण गरेपछि इजरायल र हमासबीचको जारी द्वन्द्वका बीच उनको यो भ्रमण भएको हो ।

विदेशमन्त्री ब्लिङ्केनसँग उनका सल्लाहकार डेरेक चोलेट, डेपुटी चिफ अफ स्टाप टम सुलिभान, विदेश मन्त्रालयका प्रवक्ता माथ्यु मिलर, निकट पूर्वीमामिला सहायकमन्त्री बार्बरा लिफ, प्यालेस्टिन मामिलाका विशेष प्रतिनिधि ह्याडी आमर र बन्धक मामिलका लागि राष्ट्रपतिका उपविशेष दूत स्टिभ गिलन हुन् ।

आफ्नो भ्रमणका क्रममा विदेशमन्त्री ब्लिङ्केनले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु, ब्रिगेडियर जनरल गल हिर्स्च र अन्य इजराइली अधिकारीहरूसँग बैठक गर्नेछन् ।

इजरायलको भ्रमण सकिएपछि उनले जोर्डनका राजा अब्दुल्लाह र प्यालेस्टिनी राष्ट्रपति मोहमुद अब्बाससँग अम्मानमा भेट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077