Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • सीडीओपछि बाँकेका एसपी हटाउने तयारी

    सीडीओपछि बाँकेका एसपी हटाउने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 4.1K
    SHARES

    काठमाडौं । शान्ति सुरक्षा कायम गर्न नसकेको आरोपमा बाँकेका प्रमुख जिल्ला अधिकारी(सीडीओ) विपिन आचार्यलाई गृह मन्त्रालयले हटाएको छ । आचार्यलाई मन्त्रालयमा तानेर श्रवण कुमार पोखरेललाई बाँकेमा पठाइएको छ ।

    सीडीओ आचार्यले जिल्लाको शान्ति सुरक्षामा पर्याप्त ध्यान दिन नसक्दा सुरक्षा अवस्था बिग्रिएको गृह मन्त्रालयको निष्कर्ष छ । मुस्लिम – हिन्दुको तनावका कारण गत साता नेपालगञ्ज तनावग्रस्त भएको थियो । यसमा सिडिओ र प्रहरीको कमजोर भूमिका रहेको स्रोत बताउँछ ।



    सीडीओपछि बाँकेका एसपीलाई पनि हटाउने तयारी छ । एसपी सन्तोषसिंह राठौरको विषयमा दर्जन उजुरी परेका छन् । एकातर्फ तस्करीको लाइन खुलाएको र अर्कोतर्फ मुद्दामा समेत चलखेल गरेका उजुरी परेका छन् ।



    सीमा नाकामा घुुमवा खटाएर असुली गरेको प्रमाणसहितका उजुरी परेको छ । उनी यसअघि सर्लाहीमा रहँदा तास खेलेको घटनामा कारबाहीमा परेका अधिकृत हुन् । काठमाडौंमा हुँदा उनले प्रयोग गरेको चोरीको गाडी प्रहरीले नै बरामद गरेको थियो ।

    बाँकेमा पनि कमाउ धन्दामा सक्रिय हुँदा शान्ति सुरक्षा बिग्रिएपछि उनलाई हटाउन लागिएको छ । ‘सीडीओ र एसपीलाई एकैपटक हटाउने तयारी थियो,’ गृह मन्त्रालय स्रोत भन्छ,‘तर, आइजिपीसाब विदेशमा भएकाले केही दिनपछि एसपीको हकमा निर्णय हुन्छ ।’

    रुपन्देहीका एसपी भरत विक र सिराहाका एसपी टेकुनन्द लिम्बुलाई पनि हटाउन गृह मन्त्रालयले निर्देशन दिइसकेको छ । साथै धनुषाका एसपी विश्वराज खड्कालाई पनि हटाउने बारे छलफल भइरहेको स्रोत बताउँछ ।

    खड्कामाथि कारबाहीको माग राख्दै पीडितहरु चार महिनादेखि माइतीघरमा धर्नामा बस्दै आएका छन् । तर, कांग्रेस नेताहरुको दबाबमा खड्कालाई हटाइएको छैन । जसकारण सिंगो प्रहरी नै बदनाम भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार