Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • रिगलविरुद्धको रिटमाथि भएन सुनुवाइ, कार्त्तिक १४ गते तोकियो अर्को पेशी

    रिगलविरुद्धको रिटमाथि भएन सुनुवाइ, कार्त्तिक १४ गते तोकियो अर्को पेशी

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 723
    SHARES

    काठमाडौं । संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका योगराज ढकाल (रिगल)विरुद्ध दायर भएको रिट हेर्न नमिल्ने हुदै स्थगित भएको छ।

    यस्तै प्रकृतिको मुद्दामा आफूले यसअघि नै फैसला गरिसकेको कारण यो मुद्दा हेर्न नमिल्ने भन्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासले अर्को इजलासमा पेस गर्न आदेश दिएका हुन् ।



    अब यो रिटमाथि अर्को न्यायाधीशको पूर्ण इजलासमा अन्तिम सुनुवाइ हुनेछ। अर्को पेशी कार्त्तिक १४ गतेलाई तोकिएको छ। बिहीबार बिहान सर्वोच्च अदालतको पूर्ण इजलासमा रिटको सुनुवाइ सुरू भएको थियो।



    पूर्ण इजलासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मी रहेका छन्।

    प्रधानन्यायाधीश श्रेष्ठले आफूसहित तीनैजना न्यायाधीशले यस्तै प्रकृतिको मुद्दामा यसअघि फैसला गरिसकेकाले सो रिट अर्को इजलासमा पठाउन आदेश दिएपछि रिटमाथि अन्तिम सुनुवाइ नभएको हो।

    संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालगञ्जका चेतन अधिकारीका हत्यारा रिगललाई आममाफी दिएका थिए।

    राष्ट्रपतिको सोही निर्णयविरुद्ध चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले रिगललाई फेरि कारागार पठाउन माग गर्दै सर्वोच्चमा रिट दिएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार