Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२० अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १.०६ प्रतिशतले घटेर बन्द भएको छ ।

बिहीबार बजार परिसूचक नेप्से २०.१६ अंकले घटेर १८७४.६० को विन्दुमा बन्द भएको हो । बिहीबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

होटल तथा पर्यटन उपसूचक ३ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.५९ प्रतिशत, निर्जीवन बीमा उपसूचक १.५२ प्रतिशत, जीवन बीमा उपसूचक १.४० प्रतिशत वित्त कम्पनी उपसूचक १.४१ प्रतिशत र विकास बैंक उपसूचक १.२३ प्रतिशतले गिरावट भएको छ ।

बिहीबार नेप्सेमा ६२ हजार ४६ वटा कारोबारमा ७५ लाख ५८ हजार ५४२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ७० करोड १ लाखको कारोबार भएको छ । मंगलबार १ अर्ब २८ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम घटेर करिब १ अर्ब ९ करोडमा सीमित भएको थियो ।

बिहीबार कारोबार रकममा उल्लेख्य सुधार देखिएको हो । कारोबारमा आएकामध्ये लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर सर्वाधिक १६ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ करोड ४ लाख र नेपाल एसबिआई बैंकको ४ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077