Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलबाट २५० जना नेपाली विद्यार्थी स्वदेश फर्किँदै, राति काठमाडौं आइपुग्ने

काठमाडौं । युद्धरत इजरायलमा रहेका नेपाली विद्यार्थीहरू घर फर्किएका छन् ।

नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट २५० जना नेपाली विद्यार्थी स्वदेश फर्केका हुन् ।

इजरायलबाट उडेको नेपाल एयरलाइन्सको विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुने छ ।

नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन् ।

नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन् ।

घाइते ३ विद्यार्थी भने इजरायलस्थित स्थानीय अस्पतालमा उपचाररत छन्। शनिबार हमासले गरेको आक्रमणपछि सम्पर्कविहीन कञ्चनपुरका विपीन जोशी अझै भेटिएका छैनन्।

आक्रमणमा १० नेपालीले ज्यान गुमाएका थिए। केही समयअघि परराष्ट्रमन्त्री एनपी साउदसहितको उद्धार टोली त्यहाँ अवतरण गरेको थियो।

जहाज बिहीबार राति सवा ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077