Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदमा रवि लामिछानेको प्रश्न - भारतीय प्रधानमन्त्रीले गुञ्जी भ्रमण गर्दा जानकारी गराउनु पर्दैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमीमा भ्रमण गर्दा सरकारले किन जानकारी नगराएको भन्दै प्रश्न गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले यस्तो भारतीय प्रधानमन्त्री मोदीको गुञ्जी भ्रमणबारे प्रश्न गरेका हुन् । उनले नेपालको भूमीमा भ्रमण गर्दा नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई जानकारी भए नभएको सदनलाई जानकारी गराउनसमेत माग गरे।

भारतीय प्रधानमन्त्री मोदी आज बिहान हेलिकोप्टर चढेर आदि कैलाश र पार्वती कुण्डको दर्शन गर्न पुगेका थिए।

सभापति लामिछानेले भने, ‘हामीलाई समाचारबाट र आधिकारिक निकायबाट के थाहा हुन आयो भने, हाम्रो मित्र राष्ट्रका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रो भूभागमा आउनुभएको रहेछ। मित्र राष्ट्रको प्रधानमन्त्री हाम्रो देशमा आउँदा सरकारले न कुनै स्वागत गरेको छ, न देशलाई कुनै जानकारी गराएको छ । यत्रो ठूलो भ्रमण हाम्रो देशमा । यो कुटी, गुञ्जी नेपालमै पर्छ। हामीले नै पास गरेको चुच्चे नक्सा भित्र पर्छ त्यस भूभागभित्र गुञ्जी पनि पर्छ।’

सभापति लामिछाने‍ले छिमेकी मुलुकको प्रधानमन्त्री आउँदा सरकारले किन औपचारिक कार्यक्रम नराखेको भन्दै प्रश्न गरे । उनले सरकारले तत्काल सदन र जनतालाई जानकारी गराउनुपर्ने माग गरे।

हामीले भोग गरेको र प्राप्त गरेको नक्सामा नेपाल भूभाग भएकाले कोही विदेशी आउँदा नेपाली जनताले जानकारी पाउनुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077