Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • एसीसी यू-१९ प्रिमियर कपमा इरानमाथि नेपालको शानदार जित

    एसीसी यू-१९ प्रिमियर कपमा इरानमाथि नेपालको शानदार जित

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको छ ।

    मलेसियामा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुनुअघि तीन सय ५३ रन बनाएको थियो ।



    विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इरानले भने ३०.५ ओभरमा अलआउट हुनुअघि ७९ रनमात्र बनाउन सक्यो ।



    ठुलो लक्ष्य पछ्याएको इरानका ब्याट्सम्यानलाई प्रारम्भदेखि नै नेपाली बलरहरूले दबाबमा राखेका थिए । नेपाली टोलीका बलर दीपेश कँडेलले तीन विकेट लिए ।

    सुवास भण्डारीले पनि तीन विकेट लिए । आकाश चन्द र हेमन्त धामीले दुई—दुई विकेट हात पारे । त्यसअघि नेपालका लागि कप्तान देव खनालले शतकीय पाली खेलेका थिए ।

    आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ६० बलको सामना गरी एक सय रन बनाएका हुन् । उनले चार छक्का र १२ वटा चौका पनि हिर्काएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार