Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • रिगलको आममाफी विरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुँदै

    रिगलको आममाफी विरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 888
    SHARES

    काठमाडौं । संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका योगराज ढकाल (रिगल)विरुद्ध परेको रिट प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा परेको छ ।

    रिगलविरुद्धको रिट प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशहरु डा।आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको हो ।



    राष्ट्रपतिद्वारा ६० प्रतिशत कैद कट्टा गरि थुनामुक्त गरेको भन्दै उक्त निर्णय कानुनसंगत नभएको भन्दै चेतनकी पत्नी भारती शेर्पाले दायर गरेको रिट यसअघिको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।



    उनले राष्ट्रपति कार्यालयबाट संविधान दिवसका अवसरमा भएको कैद छुटको निर्णय बदर भई रिगललाई फेरि कैद पठाउनुपर्ने माग गरेकी छन् ।

    अदालतले रिट निवेदनमा उठाइएका कानूनी जटिलता र महत्वको विचार गर्दै पूर्ण इजलासमा पेश गर्न र यसलाई अग्राधिकार दिएर आजका लागि गते सुनुवाइको लागि पेशी चढाउनसमेत शर्तसहित आदेश दिएको थियो ।

    सोही आदेश बमोजिम बिहीबार उक्त रिट पूर्ण इजलासमा परेको हो । संविधान दिवसको दिन राष्ट्रपति रामचन्द्र पौडेलले हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका रिगल भनिने योगराज ढकाललाई बाँकी कैद कट्टा गरी जेलमुक्त गरिदिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार