Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • एसीसी यू–१९ प्रिमियर कप : नेपालले दियो इरानलाई ३५४ रनको विशाल लक्ष्य

    एसीसी यू–१९ प्रिमियर कप : नेपालले दियो इरानलाई ३५४ रनको विशाल लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 606
    SHARES

    काठमाडौं । मलेसियाको बान्गीमा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभर १ बलमा सबै विकेट गुमाएर ३५४ रनको लक्ष्य दिएको हो ।



    नेपालका लागि कप्तान देव खनालले विस्फोटक ब्याटिङ गर्दै ६० बलमा १०० रन बनाए । उनले ४ छक्का र १४ चौका प्रहार गरे ।



    यस्तै दिपक प्रसाद डुम्रेले ४४ बलमा ६९ रन बनाए । उनले २ छक्का र ८ चौका प्रहार गरे। त्यसैगरी दीपक बोहराले ५९ बलमा ६५ रन बनाए । उनले २ छक्का र ५ चौका हाने । यसैगरी हेमन्त धामीले १९ बलमा २३ रन बनाए ।

    उनले १ छक्का र २ चौका प्रहार गरे । यस्तै सुवास भण्डारीले नट आउट १८ रन बनाए । आकाश चन्दले १९ रनको योगदान दिए ।

    अर्जुल कुमाल र मिलन बोहरा शून्य रनमा आउट हुँदा आकाश त्रिपाठीले ३, दिपक बोहराले १ रन बनाए । इरानका लागि सलमान निजमद र दद्रहमान रइसीले तीन/तीन विकेट लिए । समान शेख र जे रइसीले २/२ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार