Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • ३८ हजारमा डेंगी संक्रमण हुँदा २० जनाको मृत्यु

    ३८ हजारमा डेंगी संक्रमण हुँदा २० जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 639
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म यस वर्ष नेपालमा डेंगी सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ।

    मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेंगीबाट सङ्क्रमित रहेका र २० जनाले ज्यान गुमाएका छन्।



    महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले डेङ्गुको सङ्क्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरे।



    हालसम्म कूल सङ्क्रमित सङ्ख्यामा प्रदेशअनुसार सबैभन्दा धेरै कोशी प्रदेशमा २३ हजार नौ सय पाँच जना (६२ दशमलव आठ प्रतिशत) सङ्क्रमित भएका छन् भने सबैभन्दा कम सङ्क्रमित प्रदेश कर्णाली एक सय २८ जना (शुन्य दशमलव ३ प्रतिशत) छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार