Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्रष्टाचारले देश बर्बाद भयो, नेपालीहरू विदेश जान बाध्य भए : माधव नेपाल

बर्दिया । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश भ्रष्टाचारले बर्बाद भएको टिप्पणी गरेका छन् ।

पार्टीको मेची महाकाली समाजवादी जागरण अभियानका क्रममा बर्दियाको गुलरियास्थित राधाकृष्ण चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन् ।

उनले मुठ्ठीभरका शोषक, दलालहरूले साधन स्रोत लुटिरहेको बताए । लुटेराहरूले भ्रष्टाचारका माध्यमबाट जनताहरू चुसिरहेको उनको दाबी छ ।

देशमा ब्याप्त भ्रष्टाचारकै कारण बेरोजगारी बनेका नेपालीहरू विदेश जान बाध्य बन्नुपरेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077