अछाम । चाडबाडको समयमा यात्रुलाई हुने समस्या तथा सास्तीलाई कम गर्न इलाका प्रहरी कार्यालय कमलबजारले ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ ।
दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर २ मा बुधबारदेखि ‘यात्रु सहायता कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।
दसैँ, तिहार तथा छठ जस्ता ठुला चाडपर्वहरूमा यात्रुहरूको चाप बढी हुने र चोरी लुटपाट जस्ता घटनाहरू घट्ने सम्भावनालाई मध्येनजर गर्दै चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय कमलबजारले जनाएको छ ।
दशैतिहार लक्षित सुरक्षा योजनाअनुसार यात्रुहरूको सहजता र सुरक्षित यात्राको लागि सहायता कक्ष स्थापना गरी सवारी चालक तथा यात्रु वर्गलाई पर्चा वितरण गरिएको इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र जोहारीले बताए ।
Leave a Reply