Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

त्रिकोणात्मक टी-२० सिरिजको तालिका सार्वजनिक, नेपालले पहिलो खेल युएईसँग खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, युएई र हङकङबीच हुने त्रिकोणात्मक टी-२० सिरिजको तालिका सार्वजनिक गरेको छ ।

क्यानको आयोजनामा कात्तिक १ गतेदेखि सुरु हुन लागेको त्रिकोणात्मक सिरिजको तालिका सार्वजनिक भएको हो ।

क्यानका अनुसार उद्घाटन खेल नेपाल र युएईबीच कात्तिक १ गते मूलपानी रंगशालामा हुनेछ। दोस्रो खेल कात्तिक २ गते नेपाल र हङकङबीच मूलपानीमै हुने क्यानले जनाएको छ।

त्यस्तै कात्तिक ४ गते नेपाल र हङकङ, कात्तिक ५ गते हङकङ र युएई, कात्तिक ६ गते नेपाल र युएई र कात्तिक ८ गते हङकङ र युएईबीच खेल हुनेछ।

दुई शीर्ष टोलीले कात्तिक १० गते फाइनल खेल्नेछ। समूहचरणको सबै खेल मूलपानीमा भए पनि फाइनल खेल भने टीयुस्थित क्रिकेट रंगशालामा हुने क्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077