काठमाडौं । इजरायलमा रहेका नेपाली विद्यार्थीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने भएका छन् ।
इजरायलबाट नेपाल फर्किन चाहने नागरिकलाई स्वदेश फर्काउनका लागि परराष्ट्रमन्त्री साउद आफैँ जाने भएका हुन्।
नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने तय भएको छ ।
इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबारदेखि सुरु गरेको रकेट आक्रमण अहिले दोहोर युद्धमा परिणत भएको छ ।
हमासको आक्रमणमा परेका विद्यार्थीहरू नेपालका त्रिभुव विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ प्रोग्रामअन्तर्गत इजरायल पुगेका थिए ।
२६५ विद्यार्थीमध्ये १० जनाको निधन भएको र केही सम्पर्कमा नरहेको भन्दै बाँकीलाई २५० सीटको वाइडबडी विमानबाट एकैपटक ल्याउने सरकारको तयारी छ। विद्यार्थीलाई लिन आजै विमान इजरायल जाँदैछ।
Leave a Reply