Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

परराष्ट्र मन्त्रालयले भन्यो - इजरायलबाट नेपालीको शव तत्कालै आउँदैन, प्रोटोकल मिलाउन बाँकी छ

काठमाडौं । सरकारले इजरायलमा हमास आक्रमणबाट ज्यान गुमाएका नेपालीहरूको शव इजरायल सरकारको संरक्षणमा रहेको जनाएको छ।

परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै १० जना नेपालीहरूको शव इजरायल सरकारको संरक्षणमा रहेको बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले हस्तान्तरण गरेलगत्तै नेपालीहरूको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाउने बताइन्।

उनले इजरायलमा रहेका नेपालीको उद्धारमा सरकार गम्भीर रूपमा लागेका बताईन् । त्यस्तै हालसम्म अज्ञात रहेका बिपिन जोशीको खोजीकार्य तीव्र पारिएको प्रवक्ता लम्सालले बताइन्।

उनले हालसम्म ३५० भन्दा बढीले इजरालयस्थित नेपाली दूतावासमा विवरण टिपाएको बताइन्। त्यसमध्ये २८८ जना नेपाल फर्किन चाहेको बताइन्। नेपाल एयरलाइन्सको आज राति इजरायल जाने विमानले हालै हमासबाट मारिएका विद्यार्थीको शव ल्याउन नसक्ने सरकारले जनाएको छ ।

इजरायल युद्धमा रहेको र शब ल्याउनुपर्ने बेग्लै प्रोटोकलहरु पूरा गर्न नसकिने जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077