Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लगातार चार दिनको गिरावटपछि नेप्सेमा ५ अंकको सुधार

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा ५ अंकको सुधार आएको छ ।

बुधवार नेप्से सूचक ५.१६ अंकले बढ्दै १८ सय ९४.७६ अंकमा उक्लिएको हो ।

आइतबारदेखि निरन्तर ओरालो यात्रामा रहेको नेप्से सूचक मंगलबार सम्ममा ६७ अंक माथिले घट्न पुगेको थियो ।

गत बिहीबार नै घटेको नेप्से आइतबारदेखि मंगलबारसम्म नै लगातार घट्यो । बुधबार भने ५.१६ अंकको सामान्य वृद्धि भएर १९९४.७६ को विन्दुमा बन्द भएको छ ।

बुधबार उत्पादनमूलक, निर्जीवन बीमा र व्यापार बाहेक सबै उपसूचकमा वृद्धि भएको छ ।

५ अंकले नेप्से सूचक बढेको यस दिन जम्मा १ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ३७ लाख ३३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077