Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विदेशमा रहेका नेपालीलाई राहदानी बनाउन सकस

काठमाडौँ । काम तथा अध्ययन गर्न र अन्य पेसाका लागि विदेश जाने नेपालीको पहिलो सम्पत्ति भनेकै राहदानी हो । त्यही राहदानी बनाउन विदेशस्थित नेपाली नागरिकले अनेक समस्या खेप्नुपरेको गुनासो छ ।

अझ वैदेशिक रोजगारीका लागि अत्यधिक नेपाली जाने मुलुकमा नवीकरणसँगै नयाँ राहदानी लिनु भनेको ठुलो युद्ध जितेजस्तो हुने गरेको त्यहाँस्थित नेपाली नागरिक बताउछन्।

लामो समयदेखि दुबईमा कार्यरत नवलपरासीका मोहन बस्यालले भने, “धेरै नेपाली दुबईमा बस्छन्, दूतावास भने आबुधाबीमा छ । त्यहाँ पुग्नै लामो समय लाग्छ ।” नेपालमा छुट्टी हुँदा पनि दूतावास बन्द हुने र दुबईमा छुट्टी हुँदा पनि बन्द हुने समस्याले राहदानी बनाउन अर्को चुनौती दोहोरिने गर्छ । दुबईबाहेक रस अल खेमा, अजमान, फुजेरा क्षेत्रका नेपाली नागरिकलाई अझ अपायक छ ।

दूतावासले सेवा राम्रो नदिएकै कारण त्यहाँ लामो समय बसेका नेपाली आफैँले आवेदन फाराम भर्न टाइपिङ सेन्टर खोलेर सहज बनाउने प्रयास गरेका छन् । खाडी मुलुकमा मात्र हैन, युरोप, अमेरिकामा रहेका नेपालीले पनि समयमा नयाँ राहदानी बनाउन र नवीकरण गर्न नपाउने गुनासो उस्तै छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077