Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चार्टर फ्लाइटको रुट पाइएन, उद्धारमा ढिलाइ

काठमाडौं । चार्टर फ्लाइटका लागि रुट नपाइएपछि इजरायलबाट नेपालीको उद्धारमा ढिलाइ हुने भएको छ। विद्रोही समूह हमासको आक्रमणपछि इजरायलमा रहेकाहरूले जतिसक्दो चाँडो उद्धार गरिदिन आग्रह गरिरहेका छन्। तर, जहाज तयारी अवस्थामा राखिए पनि हवाई रुट नपाइएका कारण जहाज पठाउन नसकिएको सरकारले जनाएको छ।

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनलाई मंगलबार टेलिफोन गरेर इजरायलमा रहेका नेपालीलाई फर्काउन र मृतकको शव ल्याउने प्रक्रियामा सहजीकरण गरिदिन आग्रह गरेका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले हवाई रुट खुल्नेबित्तिकै उद्धाररका लागि जहाज पठाइने बताइन्। ‘विमान सेवा नखुलेकै कारण नेपालबाट जहाज नपठाएका हुन्,’ लम्सालले भनिन्, ‘रुट पाउनेबित्तिकै उद्धारमा जहाज पठाउने तयारी अवस्थामा छौं।’ हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। बाँकी विद्यार्थी र नेपालीहरूले सरकारको उपस्थिति खोजिरहेका छन्।

परराष्ट्र प्रवक्ता लम्सालले संवेदनशील क्षेत्रबाट नेपालीहरू सुरक्षित स्थानमा सारिएको जानकारी दिइन् । इजरायलस्थित नेपाली दूतावासले पनि हवाईसेवा नै अवरुद्ध भएकाले नेपालबाट विमान ल्याएर उद्धारर गर्ने सम्भावना तत्काल नरहेको बताएको छ। अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077