Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोशी सरकार गठनका लागि प्रधानमन्त्री प्रचण्डले मागे राप्रपाको साथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

समसामयिक राजनीतिक घटनाक्रम, विकास निर्माण र कोशी सरकारबारे उनीहरूले कुराकानी गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले अध्यक्ष लिङ्देनलाई कोशी सरकार गठनमा सहयोग गर्न आग्रह गरेका छन्।

तर अध्यक्ष लिङ्देनले यसबारे पार्टीले निर्णय लिन बाँकी नै रहेको जवाफ दिएका छन्। राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको पछिल्लो बैठकले कोशी सरकारबारे आवश्यक निर्णय लिन अध्यक्ष लिङ्देनलाई अधिकार दिने निर्णय गरेको छ।

पार्टीका नेताहरूसँगको सुझावका आधारमा कोशी सरकार गठनमा सामेल हुने कि नहुने भन्ने निर्णय लिइने राप्रपा स्रोतले बतायो । कोशीमा सरकार गठनको लागि अहिले गठबन्धन दल राप्रपाको साथ खोजेको छ ।

कोशीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको दाबी गर्न प्रदेश प्रमुखले असोज २६ गते समय दिएका छन् ।

त्यसो त कोशीमा आफ्नै नेतृत्वको सरकार बनाउने निर्णय गरेको कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि अध्यक्ष लिङदेनसँग भेट्ने तयारी गरेका छन् । आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077