Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लगातार तेस्रो दिन पनि घट्यो नेप्से

काठमाडौं । लगातार तेस्रो दिन सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ ।

गत आइतबार करिब साढे ३६ अंक, सोमबार साढे १२ अंकले घटेको नेप्से मंगलबार करिब १९.०६ अंकले घटेको हो ।

योसँगै नेप्से परिसूचक १ हजार ८ सय ८९.५९ विन्दुमा ओर्लेको छ । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएपछिको पहिलो कारोबार दिन आइतबार नेप्सेमा उच्च गिरावट आएको थियो ।

मंगलबार ४४ हजार कारोबारबाट ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर किनबेच भएको छ । उक्त किनबेचबाट १ अर्ब २८ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत सोमबार सेयर बजारमा १ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये १९३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ३१ वटा कम्पनीको बढ्यो भने ९ वटाको सेयर मूल्य स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077