Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलमा नेपाली विद्यार्थीहरूको मृत्यु : सरकारद्धारा मंगलबार राष्ट्रिय शोक घोषणा

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको शोकमा सरकारले बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को विशेष बैठकले नेपालीहरूको मृत्यु भएकोमा मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको हो।

सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख राहत दिने निर्णय पनि गरिएको छ ।

सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले सरकारी कार्यालय र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077