Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दोस्रो दिन पनि ३५ अंकले घट्यो नेप्से, १ अर्ब १७ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर कारोबार परिसूचक नेप्से ओरालो लागेको छ ।

आइतबार ३५.६७ अंकले घटेको बजार दोस्रो दिन सोमबार १२.५८ अंकले घटेको बजार १९०८.६६ विन्दुमा ओर्लिएको हो ।

सोमबार कुल २८७ धितोपत्रको ४८ हजार ४४४ कारोबारबाट ४३ लाख २७ हजार १७९ कित्ता सेयर कारोबार भएको छ ।

आज १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँको मात्र कारोबार भएको छ । आइतबार १ अर्ब ८० करोडको कारोबार भएको थियो ।

सोमबार उत्पादन र प्रशोधन उपसूचक र व्यापार उपसूचकमा मात्र वृद्धि देखियो ।

अरु सबै उपसूचक भने नेगेटिभ देखिए । सबैभन्दा धेरै निर्जीवन बीमा उपसूचकको १ प्रतिशतले गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077