Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्रीको सचिवालयले भन्यो – इजरायलको बंकरमा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा लगिँदैछ

    प्रधानमन्त्रीको सचिवालयले भन्यो – इजरायलको बंकरमा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा लगिँदैछ

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 636
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा हमासको आक्रमणपछि बंकरमा फसिरहेका विद्यार्थीहरूको आजै उद्धार गर्ने बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्डको सचिवालयले बंकरमा फसिरहेका विद्यार्थीहरू र इजरायलका सरकारी अधिकारीहरूसँग आफूहरू नियमित सम्पर्कमा रहेको जनाएको हो ।



    इजरायली पक्षले तीन घन्टाभित्रै बंकरमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्ने जवाफ दिएको प्रधानमन्त्रीको सचिवालये जनाएको छ ।



    घटनास्थलका बंकरहरुमा भएका नेपाली नागरिक (विद्यार्थी समेत) हरुको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रधानमन्त्रीले निर्देशन गरेको प्रधानमन्त्रीको स्वकिय सचिव रमेश मल्लले बताए ।

    उनीहरुलाई नेपाल ल्याउने व्यवस्था गर्ने विषयमा रातदिन अवस्थाको जानकारी लिने भनेका छन् । इजरायलमा रहेका नेपालीको उद्धारको लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा र्यापिड एक्सन टोली गठन गरेको बताए ।

    उनले आफूहरूले हिजैदेखि विद्यार्थीहरूको उद्धार गर्न आग्रह गरेको भए पनि इजरायल पक्षले बाटोमा अझै खतरा रहेको भन्दै बंकरबाट विद्यार्थी निकाल्न नमानेकाले उद्धारमा ढिलाइ भएको बताए।

    परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा केयरगिभरमा चार हजार पाँच सय जना नेपाली छन्। उनीहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ। साथै इजरायलमा विभिन्न विश्वविद्यालयबाट दुई सय ६५ जना विद्यार्थी अध्ययनका लागि पुगेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार