Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

परराष्ट्रमन्त्री साउदसँग राष्ट्रपति पौडेलले गरे भेटवार्ता, इजरायलमा रहेका नेपालीबारे राखे चासो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री साउदसंग शीतल निवासमा भेट गरेका हुन् ।

राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री साउदसंग इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो व्यक्त गरेका थिए ।

उनले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो व्यक्त गरेका छन् ।

हमासको आक्रमणमा परि इजरायलमा मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै राष्ट्रपतिले परिवारप्रति सहानुभूति प्रकट गरे ।

शनिबार हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।

साथै राष्ट्रपतिले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077