Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • राष्ट्रपति कार्यालयअगाडि प्रदर्शन गर्ने १३ जना प्रहरी नियन्त्रणमा

    राष्ट्रपति कार्यालयअगाडि प्रदर्शन गर्ने १३ जना प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 774
    SHARES

    काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका १३ जना मानव अधिकारवादी पक्राउ परेका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा योगराज ढकाल ‘रिगल’लाई आममाफी दिएको भन्दै शीतल निवास अगाडि विरोध प्रदर्शन गरेका हुन्।



    निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले १३ जनालाई नियन्त्रणमा समेत लिएको छ। विरोध प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवा र अधिकारकर्मीहरूको सहभागिता थियो।



    असोज २१ गतेदेखि कैद माफी लगायत विभिन्न १० बुँदे माग राख्दै समाजले आन्दोलन गर्दै आइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार