Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलबाट विद्यार्थीहरूको गुहार - मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेका छौं, आफ्नै देशमा फर्काइदिनुस्

काठमाडौं । इजरायलमा जारी द्वन्द्वमा परेका नेपाली विद्यार्थीहरूले उद्धार गरिदिन आग्रह गरेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थीहरूले उद्धार गरिदिन आग्रह गरेका हुन् ।

आफूहरू तीन दिनदेखि मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेको भन्दै सामाजिक संञ्जालमा एक भिडियो सन्देश जारी गर्दै चाँडो उद्धार गरिदिनु आग्रह गरेका छन्।

शनिवारदेखि बंकरभित्रै लुकेर बसेका विपिन सुवेदीले आफूहरूको अवस्था निकै नाजुक रहेको बताए । घरकालाई तनाव हुन्छ भनेर भिडियो नबनाउने पक्षमा रहेको भन्दै उनले आजसम्म उद्धार नहुँदा बाध्य भएर बनाउनुपरेको बताए ।

बंकरभित्र रहँदा कुन बेला आतंकवादीहरू आएर मार्ने हो भन्नेमा कुनै टुङ्गो नरहेको उनको भनाइ छ । ४९ जनामा १० जना साथीहरू गुमाइसकेको भन्दै अब आफूहरूको समेत त्यस्तै अवस्था हुने हो कि भन्नेमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077