Online Nepal
  • बुधबार, ५ मंसिर २०८१
  • समन्वय संयन्त्रको बैठक

    इजरायलमा मारिएका नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राखिने

    इजरायलमा मारिएका नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राखिने

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 774
    SHARES

    काठमाडौं । समन्वय संयन्त्रको बैठकले यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

    परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित संयन्त्रको बैठकले शव फिर्ता ल्याउन इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको हो ।



    इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय पनि गरिएको छ । नेपाल सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो ।



    संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान र उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कामहरु गर्ने छ ।

    बैठकले इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय गरेको छ। इजरायलमा ४ हजार ५ सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र २६५ जना विद्यार्थी अध्ययनरत रहेको परराष्ट्रमन्नत्रालयले जनाएको छ ।

    प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलविरुद्ध गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार