Online Nepal
  • बुधबार, ५ मंसिर २०८१
  • इजरायलको द्वन्द्वमा परेका नेपालीबारे निर्णय लिन समन्वय संयन्त्रको बैठक

    इजरायलको द्वन्द्वमा परेका नेपालीबारे निर्णय लिन समन्वय संयन्त्रको बैठक

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 555
    SHARES

    काठमाडौं । इजरायलको द्वन्द्वमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन समन्वय संयन्त्रको बैठक बसेको छ।

    परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक बसेको हो।



    सरकारले परराष्ट्रमन्त्री साउदको नेतृत्वमा इजरायलमा हमासले गरेको आक्रमणपछि त्यहाँ रहेका नेपालीहरूका स्थिति जानकारी लिन संयन्त्र बनाएको थियो।



    बैठकमा मन्त्रालयका सचिव, सहसचिव, सुरक्षा निकायका प्रतिनिधि सहभागि छन्। संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका कामहरु गर्नेछ।

    इजरायलमा ४ हजार ५ सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र २६५ जना विद्यार्थी अध्ययनरत रहेको परराष्ट्रमन्त्री साउदले संसदलाई जानकारी दिएका थिए।

    प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलविरुद्ध गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार